PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

एमालेबाट बुद्धभूमि नगरपालिकाको वडा ८ अध्यक्ष उम्मेदवारको मृत्यु



पहिलोपोस्ट

एमालेबाट बुद्धभूमि नगरपालिकाको वडा ८ अध्यक्ष उम्मेदवारको मृत्यु

बुटवल : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएको छ।

बुद्धभूमि–८ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश तिवारीको शुक्रबार राति मृत्यु भएको निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए।

एमालेबाट उम्मेदवार बनेका ४१ वर्षीय तिवारीको मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै शनिबारको निर्वाचन कार्यक्रम स्थगित गरेको छ। तिवारीको हृदयघातबाट मृत्यु भएको बताइएको छ।

तिवारीको मृत्यु भएपछि स्थानीय तह निर्वाचन ऐन अन्तर्गत शनिबारको निर्वाचन कार्यक्रम स्थगित भए पनि निर्वाचन भने बैशाख ३० मै हुने निर्वाचन अधिकृत पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell