PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थलका सबै उडान अवरुद्ध



पहिलोपोस्ट

बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थलका सबै उडान अवरुद्ध

काठमाडौं : बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि उडान अवरुद्ध भएको छ। टेकअफका क्रममा भैरहवा विमानस्थलमा टायर फ्ल्याट भएर प्राविधिक समस्या आउँदा बुद्धको जहाज रनवे मै फसेको हो। जसकारण विमानस्थलमा अन्य उडान समेत ठप्प भएको छ।

बुद्धको फ्लाइट नम्बर यु ४८५५ को भैरहवा-काठमाडौं उडान गर्ने क्रममा प्राविधिक समस्या आएको हो।

बुद्ध एयरको ९एन-एजेएस कलसाइनको एटिआर-७२ जहाज काठमाडौंका लागि टेक अफ गर्ने क्रममा प्राविधिक समस्या आएपछि आधा घण्टायता यस विमानस्थल भएर हुने सम्पूर्ण उडान-अवतरण अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका अनुसार बुद्धको उक्त जहाजमा दिउँसो करिब साढे दुई बजे यो समस्या आएको हो।

भैरहवाबाट काठमाडौंको उडान नम्बर ८५६ को यस जहाजलाई यतिखेर धावनमार्गबाट निकाल्नका लागि जनशक्ति परिचालन भैसकेको जनाइएको छ।

भैरहवा विमानस्थलमा जहाज रोलिङका क्रममा टायर फ्ल्याट भएका कारण यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ भने प्राविधिक समस्या देखिएको जहाजलाई टेक्निकल टिमहरुले चेकजाँच गरिरहेको कम्पनीले जनाएको छ। जहाजमा ७० जना यात्रु रहेको पनि जनाइएको छ।

रनवे आधा घन्टाभित्र क्लियर हुने विमानस्थल प्रमुख गोविन्द प्रसाद दहालले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell