PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

पोखरालाई लिएर एमालेको घोषणा पत्र : महानगर रत्न प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई ‘महानगर पिता र माता’को सम्मान



पहिलोपोस्ट

पोखरालाई लिएर एमालेको घोषणा पत्र : महानगर रत्न प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई ‘महानगर पिता र माता’को सम्मान

पोखरा : नेपाल कम्युनिस्ट पार्टी एमालेले आज पोखरा महानगरपालिकाको घोषणा पत्र सार्वजनिक गरेको छ। पोखरा सभागृह हलमा उम्मेदवार परिचय तथा वृहत कार्यकर्ता भेला कार्यक्रम आयोजना गर्दै एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा एमालेले महानगरवासीको औसत आयु र प्रतिव्यक्ति वार्षिक आयर वृद्धि गर्ने, फोहोर व्यवस्थापन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन लगायतका वाचा गरेको छ।

खानेपानी आयोजना पुरा गर्ने, जलविद्युत आयोजना संचालन गर्न प्रेरित गर्ने, सार्वजनिक शौचालयमा बायोग्यास प्लान्ट जडान गर्ने, पदयात्रा मार्ग निर्माण गर्ने, जलाधर क्षेत्रको संरक्षणका लागि चरणवद्ध योजना संचालन गर्ने समेत घोषणापत्रमा उल्लेख छ।  

यस्तै, रैथाने जातिको पहिचान र संस्कृति झल्कने पोखरा संग्रहालयको स्तरोन्नति, मातृभाषामा पाठ्यक्रम निर्माण गर्ने, धार्मिक सम्पदाको संरक्षण गर्ने लगायतका योजना पनि सार्वजनिक गरिएको छ।

एमालेले पोखरा विकास प्राधिकरण गठन गर्ने, राष्ट्रिय व्यक्तित्व र शहीदहरुको नाममा विभूषण र महानगर रत्न सम्मान गर्ने, हरेक वर्ष बैशाख १ गते महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई ‘महानगर माता र पिता’ को रुपमा सम्मान गर्ने समेत घोषणा पत्रमा उल्लेख छ।

पोखराको नेतृत्व लिनका लागि एमालेबाट प्रमुखमा प्रत्यासी कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङ छन्।

कार्यक्रममा उपप्रमुखकी प्रत्यासी मञ्जुदेवी गुरुङले एमालेको जित सुनिश्चित भएको दाबी गरिन्। आफुहरुले असहज परिस्थितिमा पनि काम गरेको दाबी उनको थियो।

'कति काम असहज परिस्थितिको अवस्थमा पनि थियो। असहज परिस्थिति किन भने भर्खर निर्वाचित भएर आउँदा ऐन कानुन थिएन। पछि कोभिड आयो। नागरिकको ज्यान बचाउन योजना थाती राख्यौं,' उनले भनिन्।

यस्तै प्रमुखका प्रत्यासी कृष्ण थापाले सार्वजनिक भएको घोषणा पत्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

'एमालेले विजयी हासिल गरेपछि सार्वजनिक भएको घोषणा पत्रलाई जस्ताको तस्तै महानगरमा इमान्दिरिपुर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छु,' उनले भने।

पढ्नुस एमालेको घोषणापत्र

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell