PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बाबुको हत्या अभियोगमा ३० वर्षीय छोरा समातिए



पहिलोपोस्ट

बाबुको हत्या अभियोगमा ३० वर्षीय छोरा समातिए

काठमाडौंः बाबुको हत्या अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

८३ वर्षीय बुबा जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell