PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सुर्खेतमा गठबन्धनबाट एकीकृत समाजवादी ‘आउट’, कांग्रेस र माओवादीबिच यी पालिकामा भयो तालमेल



पी बी खड्का

सुर्खेतमा गठबन्धनबाट एकीकृत समाजवादी ‘आउट’, कांग्रेस र माओवादीबिच यी पालिकामा भयो तालमेल
तस्विर : जिल्ल समन्वय समिति सुर्खेत

काठमाडौं : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको छ। दलहरुबिच लामो रस्साकस्सी पछि सत्तारुढ नेकपा एकीकृत समाजवादीलाई ‘आउट’ गरेर दुई दलबिच गठबन्धन भएको हो।

स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबिच पाँचपालिकामा तालमेल गर्ने सहमति भएको छ।

सहमतिअनुसार सुर्खेतको ९ स्थानीयतह मध्ये पाँच वटामा तालमेल गर्ने सहमति भएको छ भने ४ वटा स्थानीय तहमा एक्लाएक्लै चुनावी मैदानमा उत्रिने निश्चित भएको छ।

नेपाली कांग्रेसले प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रमुखसहित अन्य तीन पालिका प्रमुख पाउने भएको छ भने माओवादी केन्द्रले एक गाउँपालिका सहित दुई वटामा पालिका उपाध्यक्ष र दुई वटा नगर उपप्रमुख पाउने भएको छ।

कांग्रेसले वीरेन्द्रनगर, भेरीगंगा, र बराहताल तथा सिम्ता गाउँपालिका प्रमुख पाउने भएको छ। चौकुने गाउँपालिकामा उपाध्यक्ष पद पाउने सहमति भएको छ।

यता,माओवादी केन्द्रले चौकुने गाउँपालिकाको अध्यक्षसहित वीरेन्द्रनगर, भेरीगंगा नगरपालिकाको उपप्रमुख पद र बराहताल तथा सिम्तागाउँपालिका को उपाध्यक्ष पद पाउने गरी सहमति भएको छ। यद्यपि, माओवादी केन्द्रकातर्फबाट बराहताल गाउँपालिकाको अध्यक्षपदकालागि उम्मेदवारी दिएका ईश्वरभक्त सुनारले मनोनयन फिर्ता लिएनन्।

बाँकी अन्य पालिकामा भने सबै दल एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन्। गुर्भाकोट, लेकबेशी,पञ्चपुरी नगरपालिका र चिंगाड गाउँपालिकामा दलहरु एक्लाएक्लै चुनावी प्रतिष्पर्धा गर्ने भएका हुन्।

 

गठबन्धनका यि हुन् उम्मेदवार

वीरेन्द्रनगर नगरपालिका

प्रमुख : उपेन्द्र खड्का (कांग्रेस)

उपप्रमुख : शान्ति ढकाल (माओवादी)

 

भेरीगंगानगरपालिका

प्रमुख : रामबहादुर सिंह (कांग्रेस)

उपप्रमुख : नन्दबहादुर कार्की (माओवादी)

 

बराहतालगाउँपालिका

अध्यक्ष : भीम भण्डारी (कांग्रेस)

उपाध्यक्षः भुमिसरा टमटा (माओवादी)

 

चौकुने गाउँपालिका

अध्यक्ष : खडक विक (माओवादी)

उपाध्यक्ष : नरबहादुर वान्तोला (कांग्रेस)

 

सिम्तागाउँपालिका

अध्यक्ष : वीरेन्द्र बहादुर रावत (कांग्रेस)

उपाध्यक्ष : चित्रबहादुर हमाल (माओवादी)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell