PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता लिए, आधिकारिक तथ्यांक कहिले आउँला ?



पहिलोपोस्ट

करिब ८ हजार जनाले उम्मेदवारी फिर्ता लिए, आधिकारिक तथ्यांक कहिले आउँला ?

काठमाडौं : निर्वाचन आयोगले करिब आठ हजार जना उम्मेदवारहरुले आफ्नो मनोनयन फिर्ता लिएको जनाएको छ। वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए। वैशाख १६ गते उम्मेदवारलाई नाम फिर्ता लिनका लागि समय छुट्याइएको थियो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ र १२ गते गरि करिब एक लाख ५३ हजार उम्मेदवारी  बताए। मनोनयन दर्ता गराएकामध्ये करिश ८ हजारले नाम फिर्ता लिएको जानकारी दिए।

आज उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।

आयोगले हालसम्म मनोनयन दर्ता र फिर्ताबारे अनुमानित संख्यामात्रै सार्वजनिक गरेको हो। मनोनयन सकिएको ५ दिन बित्दा समेत आयोगले कति संख्यामा उम्मेदवारी पर्‍यो र कतिले फिर्ता लियो भनेर आधिकारिक तथ्यांक सार्वजनिक भने गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell