PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

वीरगंज हेल्थकेयर हस्पिटलमा भएको क्षतिको मुख्यमन्त्रीद्वारा अवलोकन



पहिलोपोस्ट

वीरगंज हेल्थकेयर हस्पिटलमा भएको क्षतिको मुख्यमन्त्रीद्वारा अवलोकन

वीरगंजः वीरगंजस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा गएराति भएको आगलागीको क्षतिबारे मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अवलोकन गरी जानकारी लिएका छन्। शुक्रबार राति साढे ८ बजेदेख राति १० बजेसम्म भएको आगलागीबारे राउतले अवलोकन गरी जानकारी लिएका हुन्।

आगलागीबाट अस्पतालको डायलासिस कक्ष पूर्णरुपले जलेको छ।

गएरातिको हावाहुरीसँगै परेको चट्याङको कारण अस्पतालमा आगलागी भएको थियो। जसमा १७ लाख मूल्य पर्ने ८ वटा डायलासिस मेशिन, ७ वटा बेड, दुई वटा ल्यापटप, एसीलगायत अन्य समान जलेर नस्ट भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell