PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

हावाहुरीका कारण वीरगंज क्षेत्रमा एक हजार घरमा विद्युत आपूर्ति ठप्प



पहिलोपोस्ट

हावाहुरीका कारण वीरगंज क्षेत्रमा एक हजार घरमा विद्युत आपूर्ति ठप्प

वीरगंजः गएरातिको हावाहुरीका कारण तार चुडिएपछि वीरगंजका करिब एक हजार घरमा बत्ती बलेको छैन। पर्सा र बाराका अधिकांश गाउँमा बिजुलीको तार चुडिएकाले विद्युत आपुर्ति असहज बनेको हो।

स्थानीयका अनुसार बिहीबार बिहान ११ बजेदेखि नै अधिकांश गाउँमा बत्ती गएको छ। साँझ ५ बजे आएको बत्ती राति ७ बजेपछि आएको हावाहुरी र पानीको कारण पुनः अवरुद्ध भएको छ।

लामो समय बत्ती जाँदा दैनिक जनजीवन नै कष्टकर बनेको छ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख जीतेन्द्रकुमार झाले विभिन्न २४ स्थानमा तार चुडिएको र ७ ठाउँको पोल ढलेको बताए।

झाका अनुसार बाराको नकटुवा, नितनपुर, वीरगंजको भेडियाही, नेशनल मेडिकल कलेज क्षेत्र, पटेलनगर, परवानीपुर र पर्साको कृषि फिडर र ग्रामीण फिडरमा समस्या छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell