PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

रियल मड्रिड ला लिगाको च्याम्पियन



पहिलोपोस्ट

रियल मड्रिड ला लिगाको च्याम्पियन
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा स्पानोयललाई हराएसँगै रियल मड्रिड लिग च्याम्पियन बनेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले स्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै चार खेल अघि नै उपाधि सुरक्षित गरेको हो।

खेलको ३३ औं मिनेटमा मार्सेलोको पासमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ४३ औं मिनेटमा उनले नै फेरि दोस्रो गोल गर्दा पहिलो हाफमा मड्रिड दुई गोलले अघि रह्यो। त्यस्तै खेलको ५५ औं मिनेटमा मार्को एसेन्सियो र ८१ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दा रियलले ४-० को सहज जित निकाल्न सफल भयो।

यो जित सँगै रियल मड्रिड ३४ खेलबाट ८१ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानको सेभियाले १७ अंक पछिरहँदा ६४ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell