PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकले अवकास पाउँदै, सरकारले कसलाई गर्ला महानिरीक्षकमा नियुक्ति?



पहिलोपोस्ट

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकले अवकास पाउँदै, सरकारले कसलाई गर्ला महानिरीक्षकमा नियुक्ति?

काठमाडौं : आजबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षकले अवकास पाउँदैछन्। तर सरकारले अहिलेसम्म कसलाई महानिरीक्षक बनाउने भन्ने निर्णय गर्न सकेको छैन। बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। बैठकले दुबै संगठनमा महानिरीक्षक नियुक्ति गर्ने सम्भावना रहेको छ।

३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्रीले अवकास पाउँदै छन्। आज राति १२ बजेदेखि उनीले अवकास पाउँदैछन्।

अहिले एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा छन्। विश्वराज पोखरेल, सहकुल थापा, धीरज सिंह, रवीन्द्र धानुक आइजी बन्ने दौडमा छन्। चार जना एआईजीहरू एउटै ब्याची भए पनि फरक फरक समयमा बढुवा भएका हुन्। बढुवा भएको ज्येष्ठताको आधारमा पोखरेल अगाडि देखिएका छन्।

२०७७ मङ्सिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीईइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। उनलाई एकल बढुवा गरिएको भन्दै प्रहरी सङ्गठनभित्र आलोचना समेत भएको थियो। त्यसो त उनी एसएसपीबाट डिआईजीमा बढुवा हुँदा पनि एकल बढुवामा परेका थिए। काभ्रेमा डीआईजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि एक डीआइजी पद रिक्त थियो। त्यही रिक्त पदमा पोखरेललाई बढुवा गरिएको थियो।

त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्‍यो। नेकपा एमालेको बलमा थापालाई एकल बढुवा गरिएको भन्दै उनी पनि आलोचित भएका थिए। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गर्‍यो। पन्त भने यही वैशाख १८ गते प्रहरी महानिरीक्षक थापासँगै अवकाश पाउँदै छन्।

सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीले  पनि आज अवकास पाउँदैछन्। उनले २१ दिनसम्म प्रहरी महानिरीक्षको जिम्मेबारी सम्हाल्ने मौका पाएका थिए।

अहिले सशस्त्रमा एआइजीमा राजु अर्याल छन्। उनी नै अहिले आइजीका प्रमुख दावेदार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell