PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सार्वजनिक भयो ‘खुशीको खुराक’ गीतिसंग्रह



पहिलोपोस्ट

सार्वजनिक भयो ‘खुशीको खुराक’ गीतिसंग्रह

काठमाडौं : ‘खुशीको खुराक’ गीतिसंग्रह सार्वजनिक भएको छ। गीतकार वीरेन्द्र पाठकको रचना र संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन्।

राजधानीमा आयोजित कार्यक्रमबिच गीतकार पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन बैरागीले गीतिसंग्रह सार्वजनिक गरेका हुन्। गीतिसंग्रहलाई शुभकामना मिडिया शोलुसन प्रालिले बजारमा ल्याएको हो।

मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘मनपर्ने मायालाई’, राज सिग्देलको स्वर तथा रिकेश गुरुङको संगीत संयोजनमा ‘खुशीको खुराक’, विश्व नेपालीको स्वर तथा प्रदीप नेपालीको संगीत संयोजनमा ‘मन पर्ने मायालाई’ बोलका गीतहरु गीतिसंग्रहमा समावेश छन्।

त्यसैगरी, शिव परियारको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजनमा ‘कहिले मन पर्‍यो’, प्रदीप श्रेष्ठको संगीत संयोजन र रचना रिमालको स्वरमा ‘आँधिबेहरीले उडायो’, सुरेश लामाको स्वर तथा दीक्षित पौडेलको संगीत संयोजनमा ‘केश कोर्‍या’ बोलको गीत पनि गीतिसंग्रहमा रहेको छ।

गीतिसंग्रहमा समावेश ६ गीतमध्ये मिलन नेवारको स्वर रहेको ‘मनपर्ने मायालाई’ बोलको गीतको भिडियो समेत तयार भएको छ। युवराज वाइबा निर्देशित सो भिडियो केही दिनमा सार्वजनिक गरिने समेत बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell