PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

बागी उम्मेदवार र समर्थकलाई चितवन कांग्रेसको निर्देशन : पार्टीको झण्डा दुरुपयोग नगर्नु



पहिलोपोस्ट

बागी उम्मेदवार र समर्थकलाई चितवन कांग्रेसको निर्देशन : पार्टीको झण्डा दुरुपयोग नगर्नु
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका जगन्नाथ पौडेल र उनका समर्थकलाई कांग्रेसको झण्डा दुरुपयोग नगर्न चेतावनी दिएका छन्।

सत्तारुढ गठबन्धनले भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेसी नेता र कार्यकर्ताविरोधमा उत्रिएका थिए। कांग्रेसका जगन्नाथ पौडेलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि उनलाई माउन गृहमन्त्री बालकृष्ण खाण लगायतका नेताहरु भरतपुर पुगेका थिए। तर पौडेलले उम्मेदवारी फिर्ता लिएनन्।

पौडेलले उम्मेदवारी फिर्ता नलिने भन्दै प्रचारप्रसार नै सुरु गरिसके। त्यसैक्रममा उनको प्रचारप्रसारमा कांग्रेसको झणडा प्रयोग नगर्न चितवन सभापति राजेश्वर खनालले भनेका हुन्। पार्टीको विधान अनुसार पार्टीको निर्देशन नमान्ने कसैलाई पनि पार्टीको झण्डा दुरुपयोग गर्न छुट नभएको उनले बताएका छन्।

'हिजो केन्द्रको निर्देशन नआउँदा सम्म एउटा अवस्था थियो। पार्टीको केन्द्रीय कमिटीले निर्णय गरेपछि त्यसलाई मान्नु पर्छ। हामीले प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनलाई जिताउँछौं,' उनले भने, पार्टीको निर्देशन नमान्ने र पार्टीको झण्डा प्रयोग गर्न पाइँदैन। हिजो देखि उहाँहरु पार्टी पार्टीको झण्डा प्रयोग गर्न पाउनु हुन्न। प्रयोग गरे त्यो दुरुपयोग हो।'

यस्तै पाँच दलीय गठवन्धनले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चितवनमा पाँच हजार एक सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ। गठबन्धनको बैठकले नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिको सदस्य सचिवमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिव दोर्णबाबु सिवाकोटी रहेका छन्। समितिमा सबै दलका जिल्ला, पालिका, क्षेत्र, प्रदेश सदस्यहरु रहेका कांग्रेस चितवन उपसभापति न्यौपानेले जानकारी दिए।

समितिमा गठबन्धनका राजनैतिक दलहरुको भातृ तथा जनवर्गिय संगठनहरुका सदस्य छन्। जिल्लाका सात पालिका र ९८ वडाहरुमा गठबन्धन कायम भएको र समितिले सबै तहलाई समेटेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell