PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

बाघको आक्रमणबाट चितवनमा घाँस काट्न गएका एक पुरुषको मृत्यु



रासस

बाघको आक्रमणबाट चितवनमा घाँस काट्न गएका एक पुरुषको मृत्यु
फाइल फोटो।

चितवन : बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका-१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक बनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो।

दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको हो। आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ। शव बिहान १० बजे भेटिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell