11113.jpg)
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पार्टीले कसरी विजयी हुने भन्नेबारेमा मात्रै नसोचेको बताएका छन्।
आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी राष्ट्रिय रुपमा विजयी बन्दैछ। कांग्रेस पार्टी अहिले पहिलो पार्टी बनेर जाँदै गर्दा केवल विजयी हासिल गर्ने कुरो भन्ने मात्रै सोचिरहेको छैन। यो समाजलाई कसरी सोचेर जाने ? यो समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? दुई खाले, युवा, महिलाको अवस्थालाई एकै ठाउँमा कसरी बनाएर जाने ? भन्ने सोच्न जरुरी छ।’
शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई क्विन्टल र अरुलाई एक-एक किलोको ढक भएको अभिव्यक्ति बताए।
‘ओलीले एक-एक किलोका ५ वटा ढक हुन् भन्नुभयो, हामी एक्लै क्विन्टल हौँ भन्नुभयो। मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु, हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ तर हिसाव नमिलेपछि हिसाव बुझाइदिनुपर्छ’ शर्माले भने, ‘हामी ५ दल एक-एक किलाका ढक होइनौं। हामी एक एक तोला मात्रै हौं। क्विन्टल चाहीँ उहाँ क्विन्टल नै हो। तर एक क्विन्टल आलु र ५ तोला सुनको हिसाव बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो।’
शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए।
‘एकातर्फ हामीलाई एक्लै लड्छौँ आउ, आउ भन्ने र बोक्ने बेला कमल थापालाई बोक्ने?’ उनले प्रश्न गरे।
काठमाडं महानगरमा गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहको नेतृत्वमा कांग्रेसले बहुसंख्यक ठाउँ जित्ने उनले दाबी गरे। १५ वर्षको योजना बनाएर आफूहरु अघि बढेको उनको भनाइ थियो।