PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सत्ता गठबन्धन बाहिर चुनावी तालमेल गर्नेलाई सम्बन्धित दलले अनुशासनको कारवाही गर्ने



पहिलोपोस्ट

सत्ता गठबन्धन बाहिर चुनावी तालमेल गर्नेलाई सम्बन्धित दलले अनुशासनको कारवाही गर्ने

काठमाडौं : सत्ता गठबन्धनले गठबन्धन बाहिरका दलसँग चुनावी तालमलेल गर्नेलाई कारबाही गर्ने भएको छ। पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै सम्बन्धित दलले कारवाही गर्ने निर्णय बालुवाटारको बैठकमा भएको हो।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धन बाहिर गएर एमाले लगायतका दलसँग चुनावी तालमेल गर्ने दललाई सम्बन्धित दलले कारवाही गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र नेता देव गुरुङले जानकारी दिए।

'सम्बन्धित दलले अनुशासनको विषय बनाउने कुरा भएको छ,'उनले भने।

सत्ता गठबन्धनले पटकपटक विपक्षी दलहरुसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको थियो। तर, उक्त निर्देशन विपरित विभिन्न पालिकाहरुमा सत्ता गठबन्धनमा रहेका दलहरुले नै एमाले, राप्रपा लगायतका दलसँग चुनावी तालमेल गरेका छन्।

६ महानगर र ११ उपमहानगरमा सत्ता गठबन्धनको केन्द्रको निर्णय लागु भए पनि बाँकी अधिकांश स्थानीय तहमा भने उक्त निर्णय लागु भएको छैन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell