काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो।
एउटै ब्याचका चार जना एआईजीहरूआईजीको प्रर्तिस्पर्धामा थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह, रवीन्द्र धानुक आइजी बन्ने दौडमा थिए। चार जना एआईजीहरू एउटै ब्याची भए पनि फरक फरक समयमा बढुवा भएका हुन्।
२०७७ मङ्सिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीईइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। उनलाई एकल बढुवा गरिएको भन्दै प्रहरी सङ्गठनभित्र आलोचना समेत भएको थियो। त्यसो त उनी एसएसपीबाट डिआईजीमा बढुवा हुँदा पनि एकल बढुवामा परेका थिए। काभ्रेमा डीआईजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि एक डीआइजी पद रिक्त थियो। त्यही रिक्त पदमा पोखरेललाई बढुवा गरिएको थियो।
त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्यो। नेकपा एमालेको बलमा थापालाई एकल बढुवा गरिएको भन्दै उनी पनि आलोचित भएका थिए। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धिरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको थियो।
महानिरीक्षकमा नियुक्त भएका सिंह २०४९ चैतमा प्रहरी सेवामा प्रवेश गरेका थिए।