PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि दुई एआइजी अदालत जाने तयारीमा



पहिलोपोस्ट

धिरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि दुई एआइजी अदालत जाने तयारीमा

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध दुई एआइजीहरु अदालत जाने तयारीमा छन्।

आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल र सहकुल थापा आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत जाने तयारीमा लागेका हुन्।

'निर्णयको विरुद्ध अदालत जाने विषयमा छलफल भइरहेको छ,' एआइजी पोखरेल निकट एक प्रहरीले भने। आज सार्वजनिक विदा भएकाले अदालत भोलि मात्र खुल्नेछ।

एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीईइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। उनलाई एकल बढुवा गरिएको भन्दै प्रहरी सङ्गठनभित्र आलोचना समेत भएको थियो। त्यसो त उनी एसएसपीबाट डिआईजीमा बढुवा हुँदा पनि एकल बढुवामा परेका थिए। काभ्रेमा डीआईजी सुशील भण्डारीको दुर्घटनामा परेर निधन भएपछि एक डीआइजी पद रिक्त थियो। त्यही रिक्त पदमा पोखरेललाई बढुवा गरिएको थियो।

त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्‍यो। नेकपा एमालेको बलमा थापालाई एकल बढुवा गरिएको भन्दै उनी पनि आलोचित भएका थिए। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धिरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको थियो।

त्यसो त धिरजप्रताप सिंह सहित एआइजी बढुवा गर्दा असन्तुष्ट भएका डिआइजीहरु पनि अदालत गएका थिए। सर्वोच्च अदालतममा सिंह नियुक्तिको विषय विचाराधिन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell