PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

ओलीको टिप्पणी : अन्य दलका उम्मेदवार चर्चा लायक पनि छैनन्



पहिलोपोस्ट

ओलीको टिप्पणी : अन्य दलका उम्मेदवार चर्चा लायक पनि छैनन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन्।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भए पनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन्।

‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न। किनभने चर्चा गर्न लायक नै छैनन्। केही कुरा गरिरहनु पर्ने आवश्यक्ता नै छैन’ उनले भने।

ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार तय गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell