PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सुरजवीरको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण



पहिलोपोस्ट

सुरजवीरको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण

काठमाडौं : कलाकार सुरजवीर बज्राचार्यको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भृकुटीमण्डपस्थित बुद्ध विहारमा आज उक्त गीतको लोकार्पण गरेका हुन्।

संचारकर्मी समेत रहेका बज्राचार्यको स्वर र शब्द रहेको उक्त गीत मंगल धुनमा गाइएको छ। यसको संगीत संयोजन जुगल डंगोलले गरेका हुन्।

जन्म दिनमा शुभेच्छा तथा शुभकामना आदानप्रदानमा हाबी हुँदै गएको बाह्य संस्कृति र त्यसको दुष्प्रभाव रोक्न सुरुमा नेपाल भाषा र अहिले नेपाली भाषामा शुभकामना गीत ल्याएको बज्राचार्यले बताए।

चार वर्षअघि नेपाल भाषामा स्वराङ्कन गरिएको उक्त गीत नेवाः समुदायमा लोकप्रिय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell