PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

जिम्बावे 'ए' लाई नेपालको १ सय ८२ रनको लक्ष्य



पहिलोपोस्ट

जिम्बावे 'ए' लाई नेपालको १ सय ८२ रनको लक्ष्य
तस्बीर: क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले जिम्बावे 'ए' लाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाउँदै राम्रो सुरुवात दिलाए पनि अर्का ओपनर आशिफ शेख भने ९ रनमा आउट भएका थिए। त्यसपछी आएको रोहितकुमार पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाउँदै नेपालको पारी उकासे। नेपाललाई ठूलो योगफलतर्फ डोहोर्‍याउन मोहम्मद आदिल आलमले सर्वाधिक अविजित ४७ रन बनाए। उनले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दा करण करण केसी ४ रनमा अविजित रहे।

बलिङतर्फ जिम्बावेका ब्राड एभन्स, लुक जोङ्वी, ब्रान्डोन मभुता र जोन मसराले समान १ विकेट लिए।

जिम्बावे केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell