PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फुटबलका 'सुपर एजेन्ट' मिनो रायोलाको निधन



पहिलोपोस्ट

फुटबलका 'सुपर एजेन्ट' मिनो रायोलाको निधन
Photo : Marca

फुटबलका 'सुपर एजेन्ट' मिनो रायोलाको निधन भएको छ। ५४ वर्षको उमेरमा उनको निधन भएको परिवारले शनिवार घोषणा गरेको हो।

इटालीको मिलानस्थित सन राफेल्ला अस्पतालमा उपचाररत उनको के कारणले मृत्यु भयो भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन। यद्यपि, उनी केही समयदेखि अस्वस्थ्य रहेको बताइएको छ।

फुटबलकै सबैभन्दा शक्तिशाली ‘एजेन्ट’मध्ये एक उनको हाइप्रोफाइल क्लाइन्टमा जलतान इब्राहिमोभिक, पउल पोगबा, इरिङ हल्लान्ड लगायत थिए। उनले धेरै खेलाडीहरुको उत्कृष्ट पोर्टफोलिया तयार गरि उनीहरुलाई फुटबलमा स्थापित बनाउन सहयोग गरेका थिए।

खेलाडीसँग लिएको रकमका कारण उनी विवादमा समेत फसेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell