PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अनमोल र साराले छाडे फिल्म 'हनी बनी'



पहिलोपोस्ट

अनमोल र साराले छाडे फिल्म 'हनी बनी'

काठमाडौं : अभिनेता अनमोल केसीले फिल्म 'हनी बनी' मा काम नगर्ने भएका छन्। निर्देशक दिवाकर भट्टराईले अनमोलले 'हनी बनी' छोडेको जानकारी दिए।

अनमोलसँगै मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी सारा सिर्पाइलीले पनि काम नगर्ने पक्का भएको छ। आपसी सहमतिमै दुबैले फिल्मबाट अलग हुने निर्णय गरेको निर्देशक भट्टराईले जानकारी दिए। 

'बाहिर सुन्दा अलि नराम्रो सुनिए पनि यो निर्णय राम्रो कुराको लागि नै हो। हामीले आपसी सहमतिमा नै 'हनी बनी' बाट अलग हुने निर्णय गरेका हौं' उनले सामाजिक संजालमा लेखेका छन्।

अनमोलले यसअघि सम्झौता गरेका ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ जस्ता फिल्महरू पनि छाडेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell