
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।
आज बसेको मन्त्रिपरिषद बैठकले एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयको आलोचना गर्दै कोइरालाले वरियता र प्रक्रिया मिचेर महानिरिक्षक नियुक्ति भएको भन्दै त्यसले विधिको शासनको खिल्ली उडाएको बताएका छन्।
'वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ,' नेता कोइरालाले ट्विटमा उल्लेख गरेका छन्।
सरकारको निर्णयले फेरि नेपाल प्रहरीमा विवाद ल्याएको तर्क समेत उनले गरेका छन्।
एउटै ब्याचका चार जना एआईजीहरू आइजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मङ्सिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेपछि डिआइजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डिआइजी वसन्त पन्त, दोस्रोमा धिरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको थियो।
सरकारले कनिष्ठलाई बढुवा गरेको भन्दै कोइरालले आपत्ति जनाएका हुन्।