PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

वर्षमान पुनको प्रश्न : ओली र प्रमुख निर्वाचन आयुक्तको बोली कसरी मिल्यो ?



पहिलोपोस्ट

वर्षमान पुनको प्रश्न : ओली र प्रमुख निर्वाचन आयुक्तको बोली कसरी मिल्यो ?
File Photo : Barshaman Pun/ facebook

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतबार १३३ औँ मे दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन भन्ने अभिव्यक्ति दिएका थिए। यस्तै, ओलीको पनि सोही अभिव्यक्ति दिएका थिए।

वर्षमानले भने दुवैको अभिव्यक्ति कसरी कसरी मिल्यो भन्दै प्रश्न गरेका हुन्।

‘हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिँदैन भन्नुभयो। त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ। केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ,’ उनले भने।

पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भुमिका निर्वाह गर्न पनि आग्रह गरेका छन्।

‘म निर्वाचन आयोगलाई अनुरोध गर्न चाहान्छु, तपाईँहरु पनि आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आम जनताले देख्ने, मतदाताले देख्नेगरी रेफ्रिको भुमिकामा बसिदिनुस्। रेफ्री जति प्रोफेशनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुन्छ। लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यवसायिक, दक्ष हुन्छ। त्यति नै लोकतन्त्र सुदृढ हुन्छ,’ पुनले भने।

उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भुमिका खेल्न नसकेको आरोप पनि लगाएका छन्। साथै, ओली वामपन्थी नभएको उनको टिप्पणी थियो।

‘आजको एजेण्डामा केपी ओली वामपन्थी होइनन्। दक्षिणपन्थी हुन्। प्रतिगामी हुन्,’ पुनले भने।

उनले नेपाली कांग्रेस र माओवादी केन्द्रको विचारधारा सँधै एउटै नहुने भन्दै अहिले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताए।

‘माओवादी समाजवादको आधार तयार गर्दै समाजवादतिर जाने उसको गन्तव्य छ। कांग्रेसको प्रजातान्त्रिक समाजको गन्तव्य छ। हामी प्रतिस्पर्धा गर्छौ त्यो अवस्थामा,’ उनले भने।

उनले आसन्न स्थानीय तह निर्वाचनमा एमालेले धार्मिक एजेण्डा बोकेर हिँडेको आरोप समेत लगाएका छन्। एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उनले बताए।

‘उहाँ भित्रै देखि गल्नुभएको छ। भित्रैदेखि पराजित हुनुभएको छ,’ ओलीलाई लक्षित गर्दै पुनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell