PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

बनेपा नगरलाई कस्तो बनाउने ? यसो भन्छन् गठबन्धन र एमालेका उम्मेदवार



पहिलोपोस्ट

बनेपा नगरलाई कस्तो बनाउने ? यसो भन्छन् गठबन्धन र एमालेका उम्मेदवार
फाइल फोटो : पुण्यमाता खोलामा बाढी आउँदा हरेक वर्ष बनेपा बजारको बस्ती डुबानमा पर्ने गर्छ।

काठमाडौं : बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले नगरको खानेपानी समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुबानमुक्त शहर बनाउने विषयलाई प्राथमिकतामा राखेको बताएका छ।  

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुबानमुक्त शहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने दाबी गरेका हुन्।

नगर प्रमुखका उम्मेदवार शाक्यले आफू निर्वाचित भएपछि बनेपालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने, बजार क्षेत्रको राजमार्ग सफा गर्ने र फोहरमैलाको उचित व्यवस्थापनको योजना अगाडि सार्ने बताउँदै खानेपानी र डुबानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बनेपालाई पर्यटन र कृषि शहरको रुपमा विकास गर्नेलगायतका विषयलाई समेटेर काम गर्ने बताउँदै उनले नगरलाई प्रविधिकयुक्त बनाउने, बनेपाका बाक्लो बस्तीमा निःशुल्क वाइफाइ सेवा पुर्‍याउने, पुरानो सम्पदाको संरक्षण र सडक व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने उनले उल्लेख गरे। उनले बनेपा नगरकोट पर्यटकीय सडकलाई विशेष प्राथमिकतामा राखिने उल्लेख गर्दै कृषि र पर्यटक क्षेत्रको पूर्वाधार विकासमा आफूले जोड दिइने समेत बताए। रासस

त्यस्तै नगरप्रमुख पदका अर्का उम्मेदवार रञ्जितकारले चार महिनाभित्रमा खानेपानी समस्या समाधान गर्ने र ६ महिनाभित्रमा फोहरमैला व्यवस्थापनअन्तर्गत घरबाट नै फोहर कम उत्पादन गर्ने खालको नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले शहरलाई डुवानमुक्त तथा धुलो, धुवाँ, हिलो र ध्वनी प्रदूषणमुक्त नगर बनाउने समेत बताएका छन्। यस्तै, आर्थिक रुपमा सबल र सक्षम शहरको रुपमा बनेपालाई विकास गर्ने उनको प्रतिबद्धता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell