PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

निर्वाचित भए एकैदिन सगुन लिएर काममा हिँड्ने स्थापितको भनाइ : झोल नल्याउनु, बिस्कुट ल्याउनु



पहिलोपोस्ट

निर्वाचित भए एकैदिन सगुन लिएर काममा हिँड्ने स्थापितको भनाइ : झोल नल्याउनु, बिस्कुट ल्याउनु

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार केशव स्थापितले निर्वाचित भएपछि सगुन लिँदै नहिँड्ने बताएका छन्।

आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यसअघिका प्रमुखले जितेपछि सगुन लिँदै गरेको देखेको भन्दै आफूले त्यस्तो नगर्ने बताएका हुन्।

‘मैले एक दिन केही मान्छेहरुलाई देख्या छु, ६ महिनासम्म काम भनेको सगुन खाने भन्छ। साँझ परेपछि चुस्स लाछ। फोन अफ गर्‍या छ। जहिले पनि सगुन खाछ, अण्डा खाछ। माछा खाछ। ठूल्ठूला कुरा गर्‍या छ। हुँदैन, जितको भोलीपल्ट ६ बजेदेखि राति १२ बजेसम्म सेलिब्रेशन हुन्छ, सबै त्यही दिन हुन्छ।’ उनले भने।

उनले निर्वाचित भएपछि एकैदिन सगुन लिने र भोलिपल्टबाट काममा खटिने समेत बताए। आफूले ‘अयला’ नपिउने भन्दै उनले सुगन ल्याउँदा अयला नल्याउन पनि आग्रह गरे।

‘मेरो आमाजस्तो हुर्काको दिदी हुनुहुन्छ। उहाँ कहाँ ढोग गरेर आउने र सगुन खाने। त्यसमा अण्डा अरुलाई खुवाउने। आफूले धेरै खायो भने खाने बानी लाग्छ’ स्थापितले भने, ‘एक दिन सगुन खाने। भोलीपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने।’

उनले आफू निर्वाचित भएपछि उपहार नल्याउन पनि आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell