PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

भारत र चीनका सञ्चार माध्यमबाट चुनावमा प्रचारप्रसार हुनसक्ने भन्दै आयोगले गर्‍यो रोक्न आग्रह



पहिलोपोस्ट

भारत र चीनका सञ्चार माध्यमबाट चुनावमा प्रचारप्रसार हुनसक्ने भन्दै आयोगले गर्‍यो रोक्न आग्रह

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा छिमेकी देशका प्रसारण माध्यमबाट प्रचारप्रसार हुनसक्ने भन्दै त्यसलाई रोक्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले परराष्ट्र मन्त्रालयलाई प्रचारप्रसार रोक्नका लागि सम्बन्धित देशलाई भन्न आग्रह गरिएको जानकरी दिए।

‘निर्वाचनलाई नकारात्मक प्रभाव पार्न नदिन, राजनीतिक प्रचार हुन नदिनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ,’ उनले भने।

यस्तै, सामाजिक सञ्जाल र गुगलका माध्यमबाट हुने झुट्टा प्रचारलाई रोक्न भारत, चीन र अमेरिकामा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित कम्पनीको कार्यालयमा सम्पर्क गर्न खोजिएको उनले बताए। मिथ्या सूचना फैलाएको पाइएमा उजुरी दिन निर्वाचन आयोगले आग्रह गरेको छ।

राजनीतिक दल र उम्मेदवारको सामाजिक सञ्जालको अकाउन्ट निर्वाचन आयोग र निर्वाचन अधिकृतलाई जानकारी गराउन पनि आयोगले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell