PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जसलाई लागेन मजदुर दिवस ...

जसलाई लागेन मजदुर दिवस ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : निर्वाचनको माहोल छ। जताततै उम्मेदवारहरु मतदातासँग मत माग्दै हिँडिरहेका छन्। देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ। हेभिवेट उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारको चर्चा अहिले महानगरमा चलेको छ।

उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा हिँड्दा श्रमिकहरु भने आफ्नै काममा व्यस्त छन्। न त उनीहरुलाई निर्वाचनको चासो छ न त उनीहरु आजको मजदुर दिवसबारे नै जानकार छन्। बस् उनीहरुलाई गाँसबासको जोहो गर्न राजधानीमा पसिना बगाउनु छ।

चक्रपथ तिर भेटिएका अर्जुन कुमारको आजको दिन सिलौटो बनाउँदै बित्यो। २० वर्षदेखि यही पेशाबाट दैनिक गुजारा चलाइरहेका छन् उनी।

भन्छन्, ‘काम नगरी खान पुग्दैन। मजदुर दिवस भनेर के गर्नु।’

अर्जुनजस्तै आजको दिन श्रम गर्दे बिताए धेरै मजदुरले। श्रमिक दिवसको दिन काठमाडौंमा श्रम गर्दै गरेका मजदुरहरुको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell