PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बालेन शाह त अन्तर्राष्ट्रिय ठग पो रहेछ : केशव स्थापित



पहिलोपोस्ट

बालेन शाह त अन्तर्राष्ट्रिय ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त म काठमाौडंमा जन्मेको। यो त यहाँको शाह हैन रहेछ। मधेशतिरको शाह रहेछ। सुरुमै यस्तो ठग कुरा गर्‍यो। दर्तावाल ठग। जनतासँग आँखा जुधाएर कुरा गर्न सक्ने आँटै रहेनछ,’ स्थापितले भने। जनतासँग सीधा नजरले हेर्न नसकेर बालेनले कालो चश्मा लगाएकोसमेत उनको आरोप रह्यो।

स्थापितले बालेनसँग सामान्य ज्ञानसमेत नरहेको दाबी गरे। 'काठमाडौंमा ८० लाख जनसंख्या छ रे। सिंगो उपत्यका बनेपासम्म जाँदा ४० लाख पुग्छ होला। केही छैन ज्ञान। यस्तोको पछि युवा लाग्ने? अरु फुच्चेफच्चेको कुरै नगरौ,' स्थापितले दाबी गरे।

* अन्यथा भएकोले हेडलाइन सच्चाइएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell