PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित



पहिलोपोस्ट

नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित
तस्बीर: क्यान

काठमाडौं: नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जिम्बावेले नेपालमाथि ६ विकेटको जित निकालेको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले ७ बलबाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाउँदै राम्रो सुरुवात दिलाए पनि अर्का ओपनर आशिफ शेख भने ९ रनमा आउट भएका थिए। त्यसपछी आएको रोहितकुमार पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाउँदै नेपालको पारी उकासे। नेपाललाई ठूलो योगफलतर्फ डोहोर्‍याउन मोहम्मद आदिल आलमले सर्वाधिक अविजित ४७ रन बनाए। उनले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दा करण करण केसी ४ रनमा अविजित रहे।

बलिङतर्फ जिम्बावेका ब्राड एभन्स, लुक जोङ्वी, ब्रान्डोन मभुता र जोन मसराले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेका लागि टाडिवानशी मरुमनी र कप्तान टोनी मुन्योन्गाले क्रमश ५६ र ५० रन बनाउँदै अर्धशतकी पारि खेल। त्यसअघि ओपनर इनोसेन्ट काइआले ४७ रन बनाएका थिए।

बलिङतर्फ नेपालका बसीर अहमेदले २ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान १ विकेट लिए। दोस्रो खेलमा भोली १ यी दुई टोली भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell