PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन विदा नदिने



पहिलोपोस्ट

निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन विदा नदिने

काठमाडौं : सरकारले हप्तामा दुईदिन सार्वजनिक विदा दिने गरेको निर्णय निजी शैक्षिक संस्थाहरुले नमान्ने भएको छ।

यसरी बिदा दिँदा विद्यार्थीहरुमा मानसिक तनाव पर्ने र पाठ्यक्रम अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारको निर्णयविरुद्ध असन्तुष्टि व्यक्त गरेका हुन्।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल नै सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।

 ‘यो निर्णयबारे कुनै छलफलमा हामी सहभागी छैनौं। शनिवार र आइतवार बिदा हुने हो भने हामीले रेगुलर रुपमा जुन कोर्ष करिकुलम मेन्टन गर्न सार्वजनिक बिदाहरुले सम्भव छैन,’ भण्डारीले भने।

उनले सरकारले गरेको निर्णयबारे छलफल गर्न आवश्यक रहेको बताए। उनले सरकारले घोषणा गरेको विदा नदिने भन्दै कक्षाहरु नियमित हुने बताए।

‘पहिला पनि अभ्यास त भएको थियो तर यो सम्भव छैन भन्ने लाग्छ। हामी कन्टिन्यू पढाउँछौँ। हामीले आईतवारलाई बिदाको रुपमा मानेर जाने सम्भावना कम छ। सार्वजनिक बिदा कटाउने हो भने यसलाई निरन्तरता दिन सकिन्छ’ उनले भने।

त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले पनि सरकारको निर्णयको आलोचना गरेका छन्। उनले सरकारको उक्त निर्णय सरकारी कर्मचारीहरुलाई हकमामात्रै लागू गर्दा राम्रो हुने बताए।

‘सरकारले जसरी निर्णय गरेको छ, ९–५ कर्मचारीलाई हेरेर स्कुल लाउने नलाउने, जुन निर्णय गरेको छ, यो अव्यवहारिक छ। प्राइवेट क्षेत्रमा काम गर्ने मजदुरलाई हेर्ने हो भने दुई दिन बिदा आवश्यक छैन’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell