PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सिर्जना सिंहमाथि स्थापितको विवादित बोली : तागतै नभएको महिला आएर शहर हाँक्छु भन्ने ?



पहिलोपोस्ट

सिर्जना सिंहमाथि स्थापितको विवादित बोली : तागतै नभएको महिला आएर शहर हाँक्छु भन्ने ?

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखका प्रत्यासी केशव स्थापितले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई बहिस्कार गर्नुपर्ने धारणा राखेका छन्। राजधानीमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले सिर्जनासँग केही नारा नै नभएको आरोपसमेत लगाएका हुन्।

‘काठमाडौं कस्तो छ केही भुत्लोभाङ केही बुझेको छैन। तर भन्छन् के भन्दा मैले पहिले भान्सा सम्हालें। अब काठमाडौं सम्हाल्छु भन्छ। यस्तो नि नारा हुन्छ कार्यक्रम हुन्छ? कमसेकम मञ्चमा आओस् के क्षमता प्रदर्शन गर्न पर्‍यो नि। योजना सुनाउनुपर्‍यो,’ स्थापितले भने।

स्थापितले सिर्जनासँग केही तागतै नभएको आरोपसमेत लगाए। यतिमात्र हैन सिर्जनाको बोलीमा केही दम नभएकोसमेत दाबी गरे उनले।

‘गणेशमानको बुहारी भनेर आएको छ। तर तागतै छैन। तागतै नभएको महिला आएर शहर हाक्छु भन्न आउने, उ हुँदैन। सिधै बहिस्कार गर्नुपर्छ। एक भोट पनि हाल्नुहुँदैन,’ स्थापितले भने, ‘मैले सय वटा इन्टरभ्यु दिइसके। एउटा इन्टरभ्यु पनि दिँदैन।’

सिर्जनाले बोल्नुपर्नेमा कांग्रेसका महामन्त्री गगन थापा आएर सिर्जनाको पक्षमा बोलेको उनको दाबी थियो।

‘अनि कल्ले बोल्छ भने गगन थापा बोल्न आउँछ। उ आउनुपर्‍यो नि मेयर हुन मैले खसी खोइ भन्यो भने उ। हिसाबकिताब बुझाउनुपरेन। नाटकमा झैं बोल्ने। कराउने मान्छेको कुरा सुनेर मुलुक कसरी बनाउने भनेको,’ स्थापितले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell