PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

ओलीले भने : वैशाख ३० गते लुतो फाल्ने दिन, प्रचण्ड सबैसँग छोरीका लागि मेयर माग्दै हिँड्छन्



निशा गुरुङ

ओलीले भने : वैशाख ३० गते लुतो फाल्ने दिन, प्रचण्ड सबैसँग छोरीका लागि मेयर माग्दै हिँड्छन्

हेटौंडा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले देशलाई कंगाल बनाउने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एमाले मकवानपुरले आयोजना गरेको आमसभामा ओलीले गठबन्धन सरकारले विकास नभइ देशलाई कंगाल बनाउने बताएका हुन्।

‘अहिले वाग्मती प्रदेशको राजधानी हेटौंडामा जता हेर्‍यो त्यतै मन्त्री नै मन्त्री, यता हेर्‍यो मन्त्री त्यता हेर्‍यो मन्त्री, अहिलेको सरकार देश विकास गर्न आएको सरकार होइन कंगाल बनाउन जन्मेको सरकार हो,’ ओलीले भने, ‘हामीले ७ वटा मन्त्रालयले विकास गरेका थियौं। तर, अहिले १८ वटा छन्।’

ओलीले र प्रदेश सरकारहरु खानको लागि मात्रै मन्त्रालयहरु फुटाएर मन्त्रालय थपेको आरोप समेत लगाए।

‘अहिले नखाए कहिल्य खाने? त्यसकारण यो सरकार स्थानीय तहको चुनाव गराउन चाँहदैन थियो। तर , हाम्रो दबावले निर्वाचन आयोग पनि कानुनमा अडियो त्यसकारण उनीहरु सफल हुन सकेनन्, निर्वाचन तोकियो,’ ओलीको दाबी थियो।

उनले नेपाली कांग्रेसको घोषणा पत्रमा पार्टी सभापति शेरबहादुरको भन्दा बढी आफ्नो नाम देखेकोमा खुशी लागेको बताए।

‘मैले कांग्रेसको घोषणा पत्र हेरेँ, मजा लाग्यो, कांग्रेसको घोषणा पत्रमा कांग्रेस सभापतिको नाम ८ ठाँउमा लेखिएको रहेछ, एमाले अध्यक्षको नाम ४२ ठाँउमा लेखिएको रहेछ, धन्यवाद नेपाली कांग्रेस’ ओलीले व्यङग्य गर्दै भने, ‘एता हेर्‍यो एमाले, उता हेर्‍यो एमाले। तर अलिकति पुगेन १०८ पल्ट एमालेको नाम जप्नुपर्थ्यो। अलिकति पुगेन।

ओलीले नपाली कांग्रेसले भरतपुरमा कुन चुनाव चिह्न बोकेर भोट माग्ने भन्दै प्रश्न समेत गरे।

‘एउटा नेताले हु ईज केपी ओली भनेका छन्। हु ईज केपी ओली भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिन्छ,’ ओलीले भने, ‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो। त्यो त हामी ३० गते देखाइदिन्छौं। त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरीलाई मेयर , बुहारीलाई मन्त्री , भाईलाई राष्ट्रियसभाको सदस्यलगायतलाई पद बाँड्दै हिँडेको उनको आरोप थियो।

‘प्रचण्डको पार्टी अब ठेकीको बिक्रोजस्तै लाग्यो। ठेकी छ, ठेकी भित्र केहि छैन, ठेकीको विक्रो मात्र। उनी हरेक पार्टीमा जाँदा भरतपुरमा मेरी छोरीलाई मेयर दिन्छौं कि दिदैन भन्ने शर्तमा जान्छन्। अघिल्लो पटक म कहाँ आएर मेरी छोरीलाई मेयर दिने कि नदिने भनेर आएका थिए। मैले हुँदैन भने, कांग्रेससँग गए कांग्रेसले मेयर दिए अहिले पनि फेरि छोरीलाई मेयर दिएको छ,’ ओलीले प्रचण्डमाथि आरोप लगाउँदै भने।

उनले कार्यक्रममा माधवको नेपालको नाम नै लिन मन नभएको बताए ।

वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल सरकारले विकासका कामहरु गरेको उनको दाबी थियो। उनले एमालेको सरकार रहेको स्थानीय तहमा विकासका कामहरु उल्लेख्य भएको भन्दै यसपटक पनि धेरै स्थानीय निर्वाचनमा एमालेको जित हुनेमा आफू विश्वस्त रहेको बताए।

उनले बैशाख ३० गतेसम्म गठबन्धनलाई नपाछारेसम्म भोक , निन्द्रा , थकाई नलाग्ने समेत बताए। बैशाख ३० राष्ट्रिय लुतो फाल्ने दिन भएको भन्दै कार्यकर्तालाई स्थानीय निर्वाचनको लागि चुनावी अभियानमा लाग्न उनले निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell