PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

त:बहाबाट पुल्चोक पुगे रातो मछिन्द्रनाथ, दुई वर्षपछि बुंगद्य:को रथयात्रा हुँदै

त:बहाबाट पुल्चोक पुगे रातो मछिन्द्रनाथ, दुई वर्षपछि बुंगद्य:को रथयात्रा हुँदै

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) लाई आइतवार रथारोहण गराइएको छ।

पाटनको त: बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो।

गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण रातो मछिन्द्रनाथको रथयात्रा भएको थिएन। पुल्चोकबाट नजिकैको पाटीसम्म तानेर नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो।

यसपटक भने रथलाई पुरै नगर परिक्रमा गराएर भोटोजात्रा पछि मात्रै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell