PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

चेल्सी एभर्टनसँग पराजित, टोटेनहमले लेस्टरलाई हरायो



पहिलोपोस्ट

चेल्सी एभर्टनसँग पराजित, टोटेनहमले लेस्टरलाई हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले चेल्सीमाथि १-० गोलअन्तरको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै एभर्टनले अग्रता बनाएको थियो। एभर्टनका लागि ४६ औं मिनेटमा रिचार्लिसनले गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल थप्न नसक्दा घरेलु टोलीले खेल १-० गोलअन्तरले आफ्नो पक्षमा पारेको हो।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपरले लेस्टरसिटीमाथि जित निकाल्यो। टोटेनहमले घरेलु मैदानमा लेस्टर सिटीमाथि ३-१ गोलअन्तरको जित निकालेको हो। टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल र ह्यारी केनले एक गोल गरे। केनले २२ औं मिनेटमा गोल गरेका थिए भने सनले ६० र ७९ औं मिनेटमा गोल गरेका थिए। लेस्टरका लागि इन्ज्युरी समयमा केलेची इहेनाचोले गोल गरेका थिए।

आजै सम्पन्न अर्को खेलमा आर्सनलले वेस्टहमलाई २-१ गोलअन्तरले हराएको थियो।

जितसँगै ३२ अंक जोडेर एभर्टन १८ औं स्थानमा उक्लिएको छ भने टोटेनहम ६१ अंक जोडेर पाँचौ र आर्सनल ६३ अंक जोडेर चौथो स्थानमा छ। ६६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell