PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सरकारको आइजी नियुक्ति बिषय अदालतमाः आफुभन्दा कनिष्ठलाई आइजी बनाएको भन्दै निवेदन



पहिलोपोस्ट

सरकारको आइजी नियुक्ति बिषय अदालतमाः आफुभन्दा कनिष्ठलाई आइजी बनाएको भन्दै निवेदन

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अदालत पुगेको छ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो। सिंहले आज बिहान दर्ज्यान्ही चिन्ह समेत लगाइसकेका छन्। सरकारको निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल आफूभन्दा कनिष्ठलाई एआइजी बनाएको भन्दै अदालत पुगेका हुन्। उनीहरुले अदालतमा वरिस मार्फत निवेदन पठाएका छन्।

' रिट दर्ताको प्रकृयामा छ। म माथि अन्याय भएको छ,' एआइजी पोखरेलले भने।

एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धिरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको थियो।

त्यसो त धिरजप्रताप सिंह सहित एआइजी बढुवा गर्दा असन्तुष्ट भएका डिआइजीहरु पनि अदालत गएका थिए। सर्वोच्च अदालतममा सिंह नियुक्तिको विषय विचाराधिन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell