PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने



पहिलोपोस्ट

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने

काठमाडौं : नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

यही प्रभाव रहँदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ। प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ। कतिपय स्थानमा छिटफुट वर्षसमेत भइरहेको छ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदी रही कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थान र वाग्मती प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

रातिको समयमा पनि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना छ।

आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ८ र न्यूनतम तापक्रम १५ दशमलव ५ रहेको छ। बितेको २४ घण्टामा काठमाडौँमा ५ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी धरानमा १५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell