
काठमाडौं : हिमाल आरोहणका लागि आवदेन दिने पर्यटकको संख्या वृद्धि भएको छ। हिमाल आरोहण ‘एक्सपिडिसन’को सिजन मानिने मार्च-अप्रिलमा पर्यटकको आगमन वृद्धि भएको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभागले तयार पारेको विवरण अनुसार वैशाख १६ गतेसम्म २५ वटा हिमाल आरोहणका लागि १११ वटा टोलीलाई अनुमति दिइएको छ।
आरोहण स्वीकृतिमध्ये सगरमाथा आरोहण गर्ने पर्यटकको संख्या अत्यधिक रहेको विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि ३९ वटा टोलीले स्वीकृति पाएका छन्। सगरमाथा आरोहणका लागि २४३ जना पुरुष र ७३ जना महिला गरी ३१६ जना आरोहीले स्वीकृति पाएका छन्।
आरोहणका लागि युरोप, अमेरिका लागि विभिन्न पश्चिमा मुलुकका पर्यटकहरुको आगमन भएको विभागले जनाएको छ।