PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

इदुलफित्रमा भोलि सार्वजनिक बिदा दिन मुस्लिम आयोगको सिफारिस, गृहमा बिदाबारे छलफल हुँदै



पहिलोपोस्ट

इदुलफित्रमा भोलि सार्वजनिक बिदा दिन मुस्लिम आयोगको सिफारिस, गृहमा बिदाबारे छलफल हुँदै

काठमाडौं : मुस्लिम आयोगले मंगलवारको लागि इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रको बिदा सिफारीस गरेको छ।

मुस्लिम आयोगले सिफारिस गरेअनुसार सरकारले इदुलफित्रको बिदा दिने गरेको छ। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्ने गरिन्छ।

'भोलिका लागि बिदा सिफारिस गरेका छौँ। केही घण्टामा गृहले जानकारी गराउँला,' मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारीले भने।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरु दिनमा निराहार बस्छन्। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्।

'निर्णय भइसकेको छैन। सिफारिसपछि छलफलबाट निर्णय हुन्छ,' गृहमन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell