PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लगातारको वर्षाले किसान हर्षित, प्रचारप्रसार गर्न नपाउँदा उम्मेदवारलाई छटपटी



रासस

लगातारको वर्षाले किसान हर्षित, प्रचारप्रसार गर्न नपाउँदा उम्मेदवारलाई छटपटी
फाइल फोटो।

महोत्तरी : लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुट्न नसक्दा उम्मेदवारलाई छटपटी भएको छ। चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन्।

‘खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ,’ बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने।

वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए। वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ। तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका-४ रामनगरका चन्देश्वर राय दनुवारले बताए।

वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन्। लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ।

‘वर्षाले प्रचारप्रसार गर्न अप्ठ्यारो भएको  छ’, भङ्गाहा-४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतो भन्छन्, ‘खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन्।’

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन्। वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ।

बर्दिबास-७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकी भन्छन्, ‘प्रचारमा वर्षाले असर गर्‍यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell