PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

इदुलफित्रमा भोलि सार्वजनिक विदा



पहिलोपोस्ट

इदुलफित्रमा भोलि सार्वजनिक विदा

काठमाडौं: इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक विदा दिने भएको छ।

मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको विदा दिने निर्णय भएको हो। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्ने गरिन्छ।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरु दिनमा निराहार बस्छन्। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell