PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाल र जिम्बावे 'ए'बीचको दोस्रो टी २० खेल वर्षाका कारण नजिताविहीन



पहिलोपोस्ट

नेपाल र जिम्बावे 'ए'बीचको दोस्रो टी २० खेल वर्षाका कारण नजिताविहीन

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको टी २० सिरिजको दोस्रो खेल वर्षातले प्रभावित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बावेले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएको थियो। केही बेरमा वर्षाद रोकिएपछि खेललाई १८ ओभरमा छोट्याउने र २: २० बाट सुरु गराउने तयारी नेपाल क्रिकेट संघ क्यानको थियो। तर, त्यसअघि नै फेरि वर्षाद सुरु भएपछि खेल रद्ध भएको हो।

आजको खेलमा जिम्बावेले टस हारेर ब्याटिङमा उत्रिँदै ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाउँदा वर्षाद सुरु भएको थियो। यसअघि आइतवार सम्पन्न खेलमा जिम्बावेले नेपालमाथि ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा नेपाल र जिम्बावे बुधवार आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell