PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बागी उम्मेदवारलाई कांग्रेसको आश्वाशनः वैशाख २१ सम्म आधिकारिक उम्मेदवारलाई समर्थन गरे कारबाही स्थगन



पहिलोपोस्ट

बागी उम्मेदवारलाई कांग्रेसको आश्वाशनः वैशाख २१ सम्म आधिकारिक उम्मेदवारलाई समर्थन गरे कारबाही स्थगन

काठमाडौँः नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन गरेका उम्मेदवारहरुलाई उम्मेदवारीमा पुनर्विचार गर्न समय दिएको छ। कांग्रेसले वैशाख २१ गतेसम्म उम्मेदवारी फिर्ता र आधिकारिक उम्मेदवारलाई समर्थनको घोषणा गरे कारबाहीमा पुनर्विचारको पनि आश्वासन दिएको छ। 

आफ्नो उम्मेदवार वैशाख २१ गतेसम्म निष्क्रिय गरेर आधिकारिक उम्मेदवारलाई समर्थन नगरे उम्मेदवार तथा समर्थक प्रस्तावकलाई समेत कारबाही गर्ने कांग्रेसले जनाएको छ। 

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारवाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याकइ पुनर्विचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ।’

यसअघि कांग्रेसले कतिपय जिल्लाका बागी उम्मेदवार र अन्य दलसँग तालमेल गरेको भन्दै कारबाही समेत गरिसकेको छ।

कांग्रेसका तर्फबाट भरतपुर महानगरलगायतमा बागी उम्मेदवारी दर्ता छ। सत्ता गठबन्धनको निर्णय विपरीत कांग्रेस, माओवादी केन्द्रलगायतका स्थानीय नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell