PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

टोखा नगरपालिकामा ३४ हजार ६७६ मतदाताका लागि ४० मतदान केन्द्र



पहिलोपोस्ट

टोखा नगरपालिकामा ३४ हजार ६७६ मतदाताका लागि ४० मतदान केन्द्र

काठमाडौं : काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले जानकारी दिए।

टोखामा विभिन्न ५६ पदका लागि २४६ जनाले उम्मेदवारी दिएका छन्। नगरप्रमुखमा १५, उपप्रमुखमा ६, वडा अध्यक्षमा ५६, खुला वडा सदस्यमा ९४, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३१ जनाको उम्मेदवारी परेको जोशीले बताए।

जोशीका अनुसार कूल ५७ पदका लागि निर्वाचन हुनुपर्नेमा एक दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकिन्। टोखा–२ का दलित महिला सदस्य लक्ष्मी हिङमाङ निर्विरोध निर्वाचित भएकी हुन्। लक्ष्मी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिइन्।

साविक झोर महाङ्काल, टोखा चण्डेश्वरी, धापासी, गोँगबुलगायतका गाउँ विकास समितिलाई समेटेर निर्माण भएको टोखा नगरपालिकामा ११ वडा रहेका छन्। उक्त नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि कूल ३४ हजार ६७६ मतदाता रहेको निर्वाचन कार्यालय रहेको छ।

टोखा नगरपालिकको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट रजनी थापा र उपप्रमुखमा मुरारी तामाङ तथा नेकपा (एमाले)को तर्फबाट प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोलले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell