PahiloPost

Jul 3, 2024 | २० असार २०८१

राहुल गान्धी काठमाडौंमा, पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम तय



पहिलोपोस्ट

राहुल गान्धी काठमाडौंमा, पर्यटकीय क्षेत्र घुम्ने कार्यक्रम तय
Photo : India Today

काठमाडौः भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन्। व्यक्तिगत भ्रमणका सिलसिलामा उनी आज दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिएका हुन्।

भिस्तार एयरलाइन्सको विमान मार्फत गान्धी काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ। उनी अहिले काठमाडौंको नागपोखरस्थित होटेल मेरियटमा बसेका छन्।

उनी ४/५ दिन काठमाडौंमा बस्ने कार्यक्रम तय भएको छ। नेपाल बसाइका क्रममा उनले विभिन्न पर्यटकीय क्षेत्रमा घुम्ने बताइएको छ। २०७५ भदौमा पनि उनी सुटुक्क काठमाडौं आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell