PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु



रासस

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

गोरखाः गोरखामा जन्ती बोकेको स्कार्पियो जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

बा १४ च ७८१ नम्बरको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell