PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एआइजी थापा बुधबारबाट काममा फर्किने



पहिलोपोस्ट

एआइजी थापा बुधबारबाट काममा फर्किने

काठमाडौँः नेपाल सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन्।

सोमबार साँझ गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने थापाले जानकारी गराएका हुन्। 

थापा प्रहरीको कार्य विभाग प्रमुख हुन्। कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहेका छन्।

नियुक्तिमा असन्तुष्ट एआइजी विश्वराज पोखरेलले भने सर्वोच्चमा सोमबार रिट दर्ता गरिसकेका छन्। रिटमा प्रारम्भिक सुनुवाइ बुधबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell