PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सकियो रमजान, इद मुबारक !

सकियो रमजान, इद मुबारक !

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज इदुलफित्र। इस्लाम धर्मावलम्बीले इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरिरहेका छन्।

काठमडौंको कश्मिरी मस्जिद र जामे मस्जिदमा बिहानै देखि मुसलमान समुदायका मानिसहरुको घुइँचो छ। उनीहरु एकआपसमा अँगालो मारेर ‘इद मुबारक’ भन्दै पर्वको खुशीयाली साटासाट गरिरहेका छन्।

गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण इद प्रभावित भएको थियो। यो वर्ष सयौं मानिस इद मनाउन इदगाह पुगेका थिए।  

गएको चैत २० गतेदेखि सुरु भएको रमजान हिजो सम्पन्न भएको थियो। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरु दिनमा निराहार बसेका थिए।

रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना मुस्लिम समुदायका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने जानकारी दिए।

यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ।



ट्रेन्डिङ पोस्ट

Ncell