8.jpg)
काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सोमबार राति ठमेलको लर्ड अफ ड्रिङ्क्स (एलओडी) क्लब पुगे। दिउँसो भिस्तार एयरलाइन्सको विमान मार्फत् गान्धी काठमाडौं ओर्लिएका थिए। निजी भ्रमणका सिलसिलामा उनी सोमबार दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिएका थिए। त्यसपछि उनी नक्सलास्थित मेरियट होटलमा पुगेका थिए।
होटलमा केही बेर बसेर उनी ठमेलको एलओडी पुगेका थिए। साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन राहुल गान्धी काठमाडौं आएको बताइएको छ।
गान्धी एलओडी पुग्दा उनीसँग कुनै पनि सुरक्षाकर्मी थिएनन्। गान्धी आफ्ना साथी भाइसँग क्लवमा बसेको भिडियोमा सार्वजनिक भएको छ।
'हामीलाई कुनै पनि सुरक्षा मिलाउनु भनेर जानकारी आएको छैन। हेडक्वाटरबाट नै सुरक्षा व्यवस्था मिलाएको हो भने थाहा भएन,' काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक उच्च प्रहरी अधिकृतले भने।
२०७५ भदौमा पनि उनी सुटुक्क नेपाल भ्रमणमा आएका थिए।
राहलु ४/५ दिन नेपाल बस्नेछन्। यो अवधिमा देशभित्रका केही पर्यटकीय क्षेत्र घुम्ने योजना रहेको छ।