PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

पाँच तलामाथिबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु



रासस

पाँच तलामाथिबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु

भक्तपुर : आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell